Connect with us
Kapilvast Forest

श्रेयाको सम्झनामा २ सय झोला वितरण

२०८२, २३ असार सोमबारमा प्रकाशित

पुनहरी घिमिरे, कपिलवस्तु –
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा न ८ सिंगराहामा रहेको चुडा कुमारी सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ ।

स्वर्गीय छोरी श्रेया केसीको स्मृतिमा उनका बाबु दीपेन्द्र केसी र आमा नीलम केसीले विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई २०० थान विद्यालय झोला सहयोग स्वरूप प्रदान गरेका छन ।

झोला वितरण कार्यक्रममा प्रमुख अतिथि महाराजगन्ज नगरपालिका वडा न ८ का वडाअध्यक्ष योगेन्द्र कुमार केसिले स्वर्गीय केसीको परिवारको समाजसेवी भावना प्रति आभार व्यक्त गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णुकला पाण्डेले शिक्षा क्षेत्रको विकासमा यस्ता सहयोगले बालबालिकामा पठनपाठनको उत्साह थप्ने बताउँदै केसी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समाजसेवी बिजय ढकालले स्वर्गीय श्रेया केसीको सम्झनामा गरिएका यस्ता कार्यले सामुदायिक शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अनुसार प्राप्त झोला सबै विद्यार्थीहरूलाई वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
झोला पाएपछि बालवालिका खुसी भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj