Connect with us
Kapilvast Forest

नेपाल प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनीत

२०८२, २३ असार सोमबारमा प्रकाशित

काठमाडौँ-

नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ। मनोनीत हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित तनहुँ, विपुल पोखरेल ९दाङ० र रीता गुरुङ काठमाडौँ रहनुभएको छ।

युनियनका अध्यक्ष शिव लम्सालका अनुसार, संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उहाँहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको छ।

नेपाल प्रेस युनियनले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पत्रकारिताको उत्थानका लागि निरन्तर काम गर्दै आएको छ। मनोनीत सल्लाहकारहरूको अनुभवले संस्थाको यो अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu