Connect with us
Kapilvast Forest

कपिलवस्तुका गरिब असाहयलाई कम्बल वितरण

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी कपिलवस्तु मंसीर १५,

मानव सेवा गर्दै आईरहेको कपिलवस्तुको एक मदरसाले जिल्लाको विभिन्न ठाँउमा गई कम्बल वितरण गरेको छ । शिवराज नगरपालिका चन्द्रौटामा रहेको मदरसा जमिया अहलेसुन्नत मिसवहुल उलुम मिस्कीनियाले कपिलवस्तुको विभिन्न स्थामा कम्बल वितरण गरेको छ ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको केही गाँउका विपन्न , असाहय , गरिब , दलित समुदायका दुई सय भन्दा बढीलाई कम्बल प्रदान गरेको हो ।मुस्लीम गुरु हजरत पैगम्बरको जन्म उत्सवको अवसरमा गरिब विपन्नलाई कम्बल वितरण गरिएको चन्द्रौटा उद्योग वाण्ज्यि संघको अध्यक्ष जमसेद अलीले जानकारी दिनुभयो ।

मदरसा जमिया अहलेसुन्नत मिसवहुल उलुम मिस्कीनियाले कपिलवस्तुले निश्वार्थ रुपमा बिभिन्न व्यक्तीहरुले गरेको आर्थिक सहयोग मार्फत सामाजिक कामहरु गर्दै आईरहेको बताइएको छ । आगलागी जस्ता दैबी प्रकोपहरुमामा पिडितहरुलाई सहयोग लगायतका कार्यहरु गर्दै आईरहेको सब्बीर पठानले जानकारी दिनुभयो ।

कम्बल वितरण कार्यमा हजरत पैगम्बरको जन्म उत्सव समारोहका संयोजक तथा चन्द्रौटा उद्योग वाण्ज्यि संघको अध्यक्ष जमसेद अली, मदरसा जमिया अहलेसुन्नत मिसवहुल उलुम मिस्कीनियाका अध्यक्ष नुर हसन खाँन, समाजसेवी हाजी सब्बीर पठान, तौवाब खान, डाक्टर सम्श, युवा व्यावासायी अस्लम खान, समिम खान, मौलाना अब्बास अली लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj