Connect with us
Kapilvast Forest

गृहजिल्ला कपिलवस्तुमा खेलाडी रौनकलाई सम्मान

२०८२, २४ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका १६ वर्षीय रौनक श्रीवास्तवलाई मंगलबार गृह जिल्ला कपिलवस्तुमा भव्य सम्मान गरिएको छ।

प्रतियोगितामा शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा जिल्ला तथा मुलुकको नाम चम्काएका रौनकलाई तौलिहवा र चन्द्रौटामा आयोजित विशेष कार्यक्रममार्फत सम्मान गरिएको हो। चन्द्रौटामा आयोजित कार्यक्रममा उनलाई फूलमाला, अबिर र मायाको चिनो प्रदान गर्दै स्वागत गरियो।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले कपिलवस्तुका खेलाडी रौनकले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनले सम्पूर्ण जिल्लावासीलाई गौरवान्वित बनाएको बताए।

यसअघि तौलिहवामा पनि विभिन्न संघ-संस्थाले संयुक्तरुपमा रौनकलाई सम्मान गरेका थिए। स्थानीयवासी, खेलप्रेमी तथा पदाधिकारीहरूको उपस्थितिमा रौनकले आफूले प्राप्त गरेको सफलताले अझ जिम्मेवारी बढाएको बताउँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।

रौनकको यो सफलता खेलाडिहरुको प्रेरणादायी भएको भन्दै जिल्लामा खेलकुदको विकासका लागि खेलाडीको प्रोत्साहनमा जोड दिनुपर्ने दिपक खड्काले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu