Connect with us
Kapilvast Forest

गुल्मीमा मनसुनजन्य विपद्‍बाट २२ हजार नागरिक प्रभावित हुने अनुमान

२०८२, २५ असार बुधबारमा प्रकाशित

गुल्मी-

मनसुन सक्रिय भएसँगै गुल्मी जिल्लामा सम्भावित प्राकृतिक विपद्बाट करिब २२ हजार नागरिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ ।जिल्ला प्रशासन कार्यालय गुल्मी र सम्बन्धित सुरक्षा तथा आपतकालीन व्यवस्थापन निकायहरूले तयार पारेको जोखिम मूल्याङ्कन प्रतिवेदनअनुसार यस वर्ष पहिरो, बाढी र डुबानजस्ता विपद्को उच्च जोखिम रहेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैरसरकारी संघ संस्था र पत्रकारसँग विपद् पूर्वतयारी सम्बन्धमा अन्तरक्रिया समेत गरेका छन् ।विपद्बाट जनधनको क्षति कम गर्न र विपद् भइहालेमा तत्कालै उद्धार र राहत बारेमा छलफल समेत गरिएको थियो ।

विगत वर्षहरूमा मनसुनको समयमा आएको बाढी, पहिरो, डुबान, सडक अबरुद्ध र घर क्षतिजस्ता घटनालाई आधार मानेर यो वर्ष अझ बढी सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।जिल्लाका पहाडी र भौगोलिक दृष्टिले संवेदनशील क्षेत्रमा बसोबास गर्ने करिब २२ हजार नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै न कुनै रूपमा असरमा पर्ने अनुमान गरिएको गैरेले बताए ।

जिल्लाका १२ वटा स्थानीय तहका उच्च पहाडी क्षेत्रमा पहिरोको सम्भावना उच्च भएकाले त्यहाँका स्थानीय बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहसँग आपतकालीन उद्धार तथा राहत कार्यका लागि पूर्वतयारी योजना निर्माण गरिएको छ ।

विपद् व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति क्रियाशील बनाइएका छन् । जिल्ला भर साना ठूला राजमार्गहरुको अवस्थाको बारेमा नेपाल प्रहरीले निरन्तर अनुगमन गस्ती गर्दै आइरहेको छ ।यसवर्ष मनसुनजन्य विपद्बाट हालसम्म ५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी, अस्थायी बासस्थलको व्यवस्थापन, खाद्यान्न, लत्ता–कपडा, औषधि लगायतका राहत सामग्रीको जोहो, र उद्धार टोलीको तयारी पूर्ण अवस्थामा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।सुरक्षा निकायहरूमध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको छ । साथै रेडक्रस, नागरिक समाज, विभन्न गैरसरकारी संस्था, युवा क्लब, सामुदायिक संस्था र स्वयम् सेवक समूहहरूसँग पनि सहकार्य भइरहेको प्रशासनले जनाएको छ ।

त्यस्तै विपद् उद्धारको लागि सशस्त्र प्रहरी वल गुल्मले चन्द्रकोट गाउँपालिकाको मजुवामा अस्थायी क्याम्पसमेत स्थापना गरेर तयारी अस्वथामा राखिएको छ । त्यस स्थानमा सदरमुकामबाट जान ढिलाइ हुनसक्ने सम्भावनालाई मध्य नगरराखेर विपद् उद्धारमा सक्रिय प्रहरी युनिट राखिएको सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्मीका प्रहरी नायब उपरीक्ष पवन खड्काले बताए ।उनले कुनै पनि ढाउमा विपद तथा जोखिम अवस्थाबारे सूचना दिनसमेत आग्रह गरे । प्रशासनले नागरिकहरूलाई मौसम पूर्वानुमान र सरकारी सूचनामा ध्यान दिन, नदी किनार, पहिरो सम्भावित भेग, र जोखिमयुक्त स्थानमा अनावश्यक बसोबास नगर्न चेतावनी दिएको छ ।

आकस्मिक अवस्था आएमा स्थानीय प्रशासन, वडा कार्यालय वा नजिकको सुरक्षा निकायलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।विपद् व्यवस्थापनको क्रममा सूचनाको प्रभावकारी आदानप्रदानका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा मोबाइल एसएमएस प्रणालीको प्रयोग भएको छ ।ग्रामीण क्षेत्रमा सूचनाको पहुँच सुनिश्चित गर्न स्थानीय एफएम रेडियो, सूचनापाटी र माइकिङको समेत प्रयोग गरिने तयारी प्रशासनले गरेको छ ।

मनसुन अझै केही महिना सक्रिय रहने भएकाले थप जोखिम पनि उत्पन्न हुन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकहरूप्रति विशेष सावधानी र सहयोगको आह्वान गरेको छ ।संकटका बेला संयमता, सतर्कता र सहकार्य नै जीवन र क्षतिको बचाउ भएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu