Connect with us
Kapilvast Forest

खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध

२०८२, २५ असार बुधबारमा प्रकाशित

काभ्रेपलाञ्चोक –

मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका(९ पिन्थलीबेशी, फेदीखोला र रोशी ७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो ।प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।

सडक विभाग र स्थानीय रोशी गाउँपालिकाको समन्वयमा लेदो पन्छाउने कार्य भइरहेको जानकारी दिँदै अबको केही समयमा राजमार्ग संचालनमा आउने प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई होल्डमा राखिएको छ । लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्डमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu