Connect with us
Kapilvast Forest

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा

२०८२, २५ असार बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलनमा भए पनि सरकारले नसुने झैं गरेको बताइन् ।

‘भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडदार माग गरेको छ’ सांसद नेपालीले भनिन्, ‘तर सरकारले सुने पनि नसुने जस्तै गरेको छ सभामुख महोदय । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu