Connect with us
Kapilvast Forest

सिमकोट विमानस्थलमा बजार क्षेत्रको ढल पस्यो

२०८२, २६ असार बिहीबारमा प्रकाशित

हुम्ला –

हरेक वर्ष जस्तै यो वर्ष पनि बर्खा लागेसँगै सिमकोट विमानस्थलमा बजार क्षेत्रको ढल पसेको छ ।दैनिक रूपमा निस्कने बजारको ढलसहितको फोहोर पसेपछि विमानस्थलको पार्किङ क्षेत्र डम्पिङ साइट जस्तै बनेको छ ।विमानस्थलको फोहोरका कारण मानसरोवर कैलाश दर्शन गर्न आउने तीर्थयात्रीहरु समस्यामा पर्ने गरेका छन् ।यो मौसममा नेपालगञ्ज हुँदै भारतीय तीर्थयात्रीहरु मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने गर्छन् ।

बजारबाट बग्ने ढलको फोहोरले विमानस्थल दुर्गन्धित भएको विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।पटक(पटक विमानस्थल कर्मचारी र सिमकोट विमानस्थल सुरक्षा गाडका प्रहरी मिलेर सरसफाइ गरेपनि बजारबाट ढल आउन नरोकिंदा समस्या भएको उनको भनाइ छ ।बजारबाट प्लास्टिक जन्यवस्तु, खाद्य वस्तु र बालुवासहित बगेर विमानस्थल भलैभल हुने गरेको विमानस्थल प्रमुख सिंहले बताए ।

पटकपटक सरोकारवाला निकायलाई हारगुहार गरेपनि सुधार नभएको र फोहोरका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ ।

मर्कामा तीर्थयात्री

नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल हुँदै चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने भारतीय तीर्थयात्रीहरू फोहोरका कारण समस्यामा पर्ने गरेका छन् ।सिमकोट गाउँपालिकाले भारतीय तीर्थयात्रीहरूबाट प्रतिव्यक्ति एक हजारको दरले पर्यटन शुल्क उठाउँदै आएको छ । तर, उनीहरू अवतरण हुनेबित्तिकै फोहोरको सामना गर्नु पर्छ ।

शुल्क उठाएपनि विमानस्थल पर्यटकलाई नत इन्टरनेटको व्यवस्था छ, नत खानेपानीको व्यवस्था । उल्टै बजारको ढलले विमानस्थल दुर्गन्धित छ ।गत ८१ चैत ४ देखि ८२ असार २४ सम्मको तथ्यांकमा नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल हुँदै मानसरोवर कैलाश दर्शन गर्न आउने भारतीय तीर्थयात्री ५२० पुरूष र ४५१ महिला गरी ९७१ रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu