रुटिन अफ नेपाल बन्दबाट १२० विद्यार्थीलाई नि:शुल्क +२ पढ्ने मौका, परीक्षा अब चन्द्रौटामै
काठमाडौंमै मात्र हुने छात्रवृत्ति अब देशैभर! SEE दिएर अब +२ पढ्न आर्थिक अभावको कारण रोकिएका विद्यार्थीहरूका लागि अब खुसीको खबर! Routine of Nepal Banda, 100 Group र साझेदार संस्थाहरूको पहलमा देशभरबाट १२० जना गरिब र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने भएको छ।
“Project Shiksha” अन्तर्गत प्रदान गरिने छात्रवृत्तिमा सहभागी हुने परीक्षा श्रावण १ गते बिहान ९ बजेबाट देशका १२ स्थानमा एकैपटक सञ्चालन हुने भएको छ।
छात्रवृत्ति विवरण यस्तो छ:
पूर्ण छात्रवृत्ति – ६० जना (३० पुरुष + ३० महिला)
– नि:शुल्क पढाइ, खाना र होस्टेल
आंशिक छात्रवृत्ति – ५० जना
– नि:शुल्क पढाइ मात्र
यसपटक काठमाडौं बाहिरका विद्यार्थीहरूका लागि ठुलो सहजता! पहिलो पटक लुम्बिनी प्रदेशको चन्द्रौटा मा परीक्षा केन्द्र राखिएको छ, जसले गर्दा यहाँका विद्यार्थीहरू अब राजधानी जान नपरेरै अवसर लिन सक्नेछन्।
________________________________________
100 Group का बब्लु गुप्ता भन्छन्:
“हामीले ११० जनालाई छनोट गर्नेछौं। यसपालि देशैभरि परीक्षा केन्द्र राखेर हामी सबै क्षेत्रमा शिक्षा पहुँच पुर्याउने लक्ष्यमा छौं।”
चन्द्रौटा कपिलवस्तुका इन्जिनियर सुबोध रेग्मी, लुम्बिनी प्रदेश संयोजकले भने:
“यसपटक लुम्बिनीको दोस्रो परीक्षा केन्द्र Sunrise English Boarding School, Chandrauta मा रहेको छ। साथै Tilottama College, Butwal मा पनि परीक्षा केन्द्र छ। स्थानीय विद्यार्थीहरूले अब राजधानी धाउनु नपर्नेछ।” आफुलाई पायक पर्ने स्थानमा परिक्षा दिन सक्ने छन् ।
________________________________________
📌 प्रदेशअनुसार परीक्षा केन्द्रहरू यस प्रकार छन्:
📍 कोशी – Gograha Secondary School, Biratnagar
📍 मधेश – Bright +2 College, Birgunj | Everest College, Lahan
📍 बाग्मती – Advance, Caspian, Nobel Academy, White House (Lalitpur–Kathmandu)
📍 गण्डकी – Tops Secondary School, Pokhara
📍 लुम्बिनी – Tilottama College, Butwal | Sunrise School, Chandrauta
📍 कर्णाली – Pathshala Education Hub, Surkhet
📍 सुदूरपश्चिम – Everest Multiple College (EMC), Attariya
________________________________________
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9851313120
Website: projectshiksha.hundredgroupnepal.org
________________________________________
SEE सकेर पढ्न चाहने तर आर्थिक समस्याका कारण रोकिएका तपाईं वा तपाईंको चिनेको कोही विद्यार्थी छ भने, तुरुन्त जानकारी दिनुहोस्! यो अवसर जीवन बदल्न सक्छ!