Connect with us
Kapilvast Forest

गुणस्तर र नापतौलमा कैफियत गर्ने दुई फर्मलाई कारबाही

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ

गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यापारिक फर्मलाई कारबाही गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजाररुपैयाँ जरिवाना गरेको छ। अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।

विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, काठमाडौँ र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवं कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते नौ, ३० गते पनि समान नौ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ ।

यस्तै, असार २९ गते नौ, असार २७ गते पाँच,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu