पाल्पाली भाकामा आधारित ‘भोटे कुकुर’ लोक गीत सार्वजनिक
काठमाडौं— पाल्पाली मौलिक भाकामा आधारित नयाँ नेपाली लोक गीत ‘भोटे कुकुर’ सार्वजनिक भएको छ। चर्चित गायिका कोमल ओलीको सशक्त स्वरमा सजिएको यो गीत Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा सीमा ज्ञवालीको शब्द, राजेशकुमार श्रेष्ठको संगीत रहेको छ भने निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले गरेका छन्। भिडियोमा अश्मिता राना मगर र गरिमा भट्टराईको अभिनय देख्न सकिन्छ।
गीतको छायांकन रामेश्वर हुमागाईं, सम्पादन तथा रंग संयोजन नरत्तम पाण्डे, मेकअप प्रिया नगरकोटी, र स्टुडियो Music Cloud मा गरिएको हो।
‘भोटे कुकुर’ गीतले पाल्पाको मौलिक संस्कृति, जनजीवन, व्यङ्ग्य र सामाजिक सन्देशलाई लोकधुनमार्फत रमाइलो शैलीमा प्रस्तुत गरेको छ।