Connect with us
Kapilvast Forest

सुर्खेतमा घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

karenta-lagyo

सुर्खेत –

सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो ।

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको लागेर मृत्यु भएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu