Connect with us
Kapilvast Forest

भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौ –

भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा अन्य धेरै घाइते भएका छन् ।उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिएका छन् ।उत्तराखण्ड सरकारले भागदौडमा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । साथै घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।

किन भयो भागदौड ?

हरिद्वारका एसएसपी प्रमोद सिंह डोबल र डीएम मयुर दीक्षितलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले लेखेको छ- करेन्ट वा बिजुलीको तारसम्बन्धी अफवाह फैलिए पछि भागदौड मच्चिएको भन्ने कारण बाहिर आए पनि यसबारे थप अनुसन्धानपछि मात्रै घटनाबारे ठोस जानकारी उपलब्ध हुनेछ ।

डोबलले भने- आज बिहान हामीले नियन्त्रण कक्ष मार्फत जानकारी पायौं कि मनसादेवी मुख्य सडकमा भागदौडका कारण केही व्यक्तिको मृत्यु भएको छ । जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेको छ ।उनले अगाडि भने- अस्पतालमा करिब ३५ जना घाइतेलाई उपचारका लागि ल्याइएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

सिंहका अनुसार मनसादेवी मन्दिरको मुख्य सडक पछि सुरु हुने भर्‍याङ अलि साँघुरो छ । त्यहाँ बिजुलीको करेन्ट प्रवाह भइरहेको हल्ला फैलियो । मलाई लाग्छ यही हल्लाका कारण भागदौड मच्चियो ।प्रमोद सिंह दोबालले भने, ‘मनसा देवी मुख्य सडक पछि सुरु हुने भर्‍याङ अलि साँघुरो छ। त्यहाँ बिजुलीको करेन्ट बगिरहेको हल्ला फैलियो। मलाई लाग्छ यो हल्लाका कारण भागदौड मच्चियो ।’

घटनामा परी घाइते भएका सन्तोष कुमारले भने, ‘भागदौडको समयमा मन्दिर आसपास क्षेत्रमा ठूलो भीड थियो, उभिने ठाउँ थिएन । ठूलो भीडका कारण मानिसहरू लड्न थाले । मानिसहरू पसल पछाडिका तार समातेर चढ्न थाले । जसका कारण तार सडकमा लत्रिए । मानिसलाई बिजुलीको झट्का लाग्यो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu