Connect with us
Kapilvast Forest

मधेशमा शेखर कोइराला समूहको भेला सम्पन्न

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

जनकपुरधाम –

मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक सम्पन्न भएको छ ।शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भेलामा समूहका नेताहरूले पार्टीको आगामी रणनीतिबारे छलफल गरेका छन् ।भेलामा सप्तरीदेखि पर्सासम्मका कोइराला निकट नेताहरू सहभागी थिए । भेलामा पार्टीभित्र देखा परेका बेथिति अन्त्य गर्ने विषयमा छलफल केन्द्रित भएको सहभागी नेताहरूले दाबी गरेका छन् ।धनुषाका युवा नेता सुरेश कोइरालाका अनुसार कोइराला समूह आसन्न महाधिवेशनलाई मुख्य एजेन्डा बनाएर संगठित रूपमा अघि बढ्ने तयारीमा छ ।

भेलामा कांग्रेस महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन दबाब सिर्जना गर्नुका साथै त्यसका लागि आवश्यक रणनीति निर्माण गर्ने विषयमा छलफल भएको कोइरालाले जानकारी दिए ।हालै देउवा समूह परित्याग गरेर कोइराला समूहमा लागेका कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश सांसद रामसरोज यादवको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य डा। चन्द्रमोहन यादव, मधेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, बजरंग नेपाली, अजय द्विवेदी, राजेन्द्र अमात्य, श्याम पटेललगायत नेताहरू सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu