Connect with us
Kapilvast Forest

लिट्मस केबलको ‘पावर पार्टनर्स मीट’ सम्पन्न

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं : वायर तथा केबल उद्योग लिट्मस इन्डष्ट्रिज लिमिटेडले आफ्नो तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ सम्पन्न गरेको छ । देशभरबाट करिब दुई सय जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थितिमा काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल र नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । कार्यक्रममा लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजारमा उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको कम्पनीको दाबी छ ।

त्यसै अवसरमा लिट्मसले ‘श्रावण उत्सव’ अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत् दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu