Connect with us
Kapilvast Forest

आमासहित ६ छोरा, ६ छोरी, बुहारी, नातिनी र ज्वाइँ बेपत्ता

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काभ्रेपलाञ्चोक-

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएपछि अहिले खोजतलास सुरु भएको छ ।गोलन्जोर गाउँपालिका(६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ ।

बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १(२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।

घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा तलासी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu