Connect with us
Kapilvast Forest

गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृत फेला

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

गुल्मी-

गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।बालकको आमाले झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटी खाटमा राखेकी थिइन् ।

तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।घटनाबारे स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई जानकारी गराएका थिए। जानकारी पाएसँगै प्रहरी सहायक निरीक्षक रामदेव सुनारको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरी टोली खटिएको जनाइएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu