उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
कटारी-
उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको हो ।