Connect with us
Kapilvast Forest

श्रीमतीको हत्या गरेर बसेका थिए पाँच वर्ष जेल, किशोरी हत्या आरोपमा फेरि पक्राउ

२०८२, १६ श्रावण बिहीबारमा प्रकाशित

जनकपुरधाम-

जनकपुरमा खकुरी प्रहार गरी किशोरीको हत्या र अन्य दुई महिलालाई खुकरी प्रहार गरी घाइते बनाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुर बस्ने ४३ वर्षीया रामबाबु साह छन् ।गत सोमबार राति साढे ११ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-४ स्थित शुर्यनन्द चौधरीको घरमा डेरा गरी बस्ने बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी छोरी १५ वर्षीया अन्जली कुमारी यादवको हत्या भएको थियो ।

अन्धाधुन्ध खुकुरी प्रहारबाट दिनेशकी श्रीमती ३६ वर्षीया आशा देवी यादव र अञ्जलीकी भतिजी १४ वर्षीया राधा यादव गम्भीर घाइते भएकी थिइन् ।खुकुरी प्रहार गरी हत्या र गम्भीर घाइते भइ फरार रहेका रामबाबुलाई बुधबार राति प्रहरीले धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकाबाट पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।रामबाबुले हत्या घटनामा प्रयोग गरेको खुकरी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेर बिहीबार सार्वजनिक गरेको छ ।गम्भीर घाइते आशालाई थप उपचारको लागि विपीकोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने राधा उपचार पछि डिस्चार्ज भइसकेकी छन् ।

यसअघि आफ्नै जेठी श्रीमतीको हत्या

प्रहरीका अनुसार हत्या अभियुक्त रामबाबु यसअघि आफ्नी जेठी श्रीमती हत्या गरेका थिए । उनी पाँचवर्ष जेल बसेर छुटेका थिए ।२ चैत २०७१ मा उनले आफ्नी श्रीमती सरीता देवी साहको हत्या गरेका थिए । त्यस अभियोगमा पाँच वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए ।छुटेको करिब २ महिनापछि दोस्रो विवाह गरी उनी आफ्नै गाउँमा बस्दै आएका थिए । त्यसै क्रममा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्र बजारमा चिया बेच्ने आशासँग रामाबाबुको चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

केही समयपछि आशा र रामबाबुको सम्बन्ध गहिरिँदै जाँदा जनकपुरमा लुकिछिपी बस्ने गरेको कुरा खुलेको थियो । आशाको श्रीमान दिनेशले थाहा पाएपछि रामबाबु साहको परिवारलाई जानकारी गराई दिएको थिए ।गाउँमा बसी छलफल हुँदा आशा यादव रामबाबु साहसँग नै बस्ने र निजको दुई छोरा र एक छोरी श्रीमानले नै हेरचाह गर्ने भनि सहमति भएको थियो ।

डीएसपी सिंहका अनुसार केही रकम रामबाबु साहलाई आशाको श्रीमान दिनेशले जरिबाना तिराएको भन्ने समेत खुलेको छ । आशा र दिनेशबीच सम्बन्ध बिच्छेदको कानूनी प्रक्रिया समेत अघि बढेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसन्धानमा करिब २ महिना अघि रामबाबुले आशालाई जिविकोपार्जन गर्न अटो रिक्सा खरिद गरिदिएका थिए ।

आशाले उक्त अटो रिक्सा आफनो भाइको नाममा पास गरेकी थिइन् । र रामबाबु साहलाई थाहै नदिइ डेरा सारेको र उक्त डेरामा आफना पहिलेका श्रीमानलाई समेत ल्याएको भन्ने अनुसन्धानबाट खुलेको डीएसपी सिंहले बताए ।आशा आर्थिक रुपमा सबल भएपछि रामबाबु यादवको फोन नउठाउने, टाढा हुन खोज्ने, रामबाबु साहको जेठी श्रीमतीलाई म्यासेज गरी दिने घरमा झगडा लगाई दिने जस्तो कामहरू गरेको समेत अनुसन्धानमा देखिएको छ ।

घटना भएको दिन रााबाबुले आशा यादवलाई धेरै पटक फोन गरेका थिए, आशाले आफै फोन नउठाइ छोरी अञ्जलीलाई रिसिभ गर्न दिएको डीएसपी सिंहले बताए ।‘अन्तमा आशाले एकपटक कुरा गर्दा रामबाबु साहलाई गाली गलौज गरेको र त्यही रिसमा रामबाबु खुकुरीसहित उनको कोठामा गएर अन्धाधुन्ध खुकुरी प्रहार गर्दा घटना भएको अनुसन्धानबाट खुलेको छ’, डीएसपी सिंहले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu