कपिलवस्तुमा डुवेर ज्यान गएका वालकको अन्तेष्टि , कोपवा गाउँ शोकमा
कपिलवस्तु-
कपिलवस्तुमा नुहाउने क्रममा डुवेर हिजो बाणगंगा ५ कोपवाका दुई बालकको आज लक्ष्मणघाटमा अन्तेष्टि गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर मृत्यु भएका वालकको आज पिपरा अस्पतालमा पोष्टमार्टम पछी अन्तेष्टि गरिएको हो ।
बिहिबार साँझ ६ बजेतिर नुहाउन गएका दुईजनाको घोलामा डुबेर मृत्यु भएको थियो । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वार्ड नं ५ कोपवाका दीपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी तथा सोहि वडाकौ प्रेम चौधरीका १० वर्षीय छोरा निशान चौधरी रहेको जनाईएको छ । कलिला वालकको कहालिलाग्दो निधनले गाउँ नै शोकमा डुबेको स्थानिय राम मिलन थारुले बताए ।गाँउनै शोकमा रहेकोले कोपवा गाउँ हिजोदेखि अधिकांश घरमा खाना नै नपाकेको थारुले बताए।
उनीहरु अन्नपुर्ण विद्या मन्दिर कोपवामा कक्षा ३ मा अध्यनरत थिए । आज रिजल्टको दिन आफ्ना जेहेन्दार विद्यार्थीको असमायिक निधनले निकै दुखि बनाएको भन्दै आईतवार शोक विदा दिने विद्यालयका शिक्षक कोपिल घिमिरेले बताए । स्थानीय राम मिलन चौधरीले वर्षेनी वालवालिका डुवेर मर्ने घट्नाले गाउँ विक्षिप्त बनाएको बताए । गत वर्षपनी छिमेकि गाउँका वालकको डुबेर ज्यान गएको बताउदै वालवालिकालाई पौडि खेल्न सक्ने क्षमताको विकास गर्नुपर्ने उनको सुझाव छ ।