Connect with us
Kapilvast Forest

गले मुख्यमन्त्री लामा, भोलि बिहानसम्ममा राजीनामा दिने

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ –

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेस संसदीय दलको नेतामा पराजित हुँदा समेत मुख्यमन्त्रीमै बहाल लामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन राजी भएका हुन्। देउवाले बिहीबार लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । आज बिहान १० बजे सभापति देउवासँग भेट तय भएको बताउँदै उनी निकट सांसद तीर्थ लामाले थप कुराकानीपछि शनिबार वा आइतबार बिहानसम्म राजीनामाको तयारी भइरहेको बताए।

त्यसअघि कांग्रेसको विवादबारे बालुवाटारमा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेत छलफल भएको थियो। स्रोतका अनुसार लामा सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिताका लागि छलफलमा छन्। उनले राजीनामा दिए इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu