Connect with us
Kapilvast Forest

लिङ्देनलाई राणाको पत्र : ‘तपाईंका निर्णयबाट कार्यकर्तामा चिन्तित र सशंकित भए’

२०८२, १९ श्रावण आईतवारमा प्रकाशित

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी अध्यक्षलाई पत्र लेख्दै कार्यकर्ता चिन्तित भएको बताए। राणाले स्थानीय अधिवेशनमा स्वेच्छाचारी ढंगले कारबाही र निष्कासन गरिएकोमा आपत्ति जनाएका छन्।
उनले महाधिवेशन निष्पक्ष र मर्यादित हुनुपर्ने र कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका छन्। काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आइतबार एक पत्र लेखेका छन् । लिङ्देनलाई सम्बोधन गरेर पार्टी कार्यालयका दिइएको पत्रमा अध्यक्षको हालका गतिविधिबाट कार्यकर्ता चिन्तित र सशंकित भएको उल्लेख गरिएको छ ।

राप्रपाभित्र बढ्दो विवादका बीच महामन्त्री राणाले अध्यक्षलाई सम्बोधन गरेर पार्टी कार्यालयमा पत्र बुझाएको सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।
उनमा अनुसार पत्रमा राणाले स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको उल्लेख गर्दै जिल्ला अधिवेशनको सन्दर्भमा केन्द्रीय निर्वाचन समितिबाट जारी गरिएको परिपत्रको उल्लंघन गर्दै स्वेच्छाचारी ढंगमा पार्टी नेताहरुमाथि कारवाही तथा निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘पार्टी एकता र हित विपरित, विधान मिचेर गरिएको स्वेच्छाचारी कारवाही निन्दनीय छ,’ पत्रमा लेखिएको छ, ‘पार्टी विधान र प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।’

यसैगरी महामन्त्री राणाले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, फरक मत र विचारलाई सम्मान गर्न आग्रह गर्दै यस्ता विषयमा संवाद र सहमतिका माध्यमबाट समाधान खोज्नु आजको आवश्यकता भएको स्पष्ट पारेका छन्।

यसैगरी जिल्ला अधिवेशनका लागि पर्यवेक्षक नियुक्तिमा एकलौटी ढंग अपनाइएको आरोप लगाउँदै उनले कार्यसम्पादन समितिको सल्लाह र छलफलविना सूची तोकिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समेटेर तयार गरिएको पर्यवेक्षक सूची त्रुटिपूर्ण छ,’ राणाको भनाइ छ।

उनले निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन सम्पन्न हुनुपर्ने धारणा राख्दै पछिल्ला निर्णयहरुप्रति व्यापक असन्तुष्टि रहेको र त्यसको समाधानका लागि अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका छन्।

पत्रमा लेखिएको छ, ‘निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं । तर, पछिल्लो निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन् ।’

यसैबीच राणाले पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले युवा नेता राजु गैरेमाथि गरेको भनिएको भौतिक आक्रमणको विषय पनि पत्रमा उठाएको ती नेताको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu