काठमाडौँ –
वर्षाले सुर्खेत-दैलेख सडक अवरुद्ध भएको छ। दैलेखको डुबेश्वर गाउँपालिका-६ स्थित सिस्नेटारमा पहिरो गएको हो।सुर्खेतबाट दैलेख सदरमुकाम जोड्ने सडक अवरुद्ध भएसँगै यातायातका साधन आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले बताए। पहिरोस्थलमा स्थानमा सुरक्षाकर्मी खटाइएको र केहीबेरमा सडक सञ्चालनमा आउन सक्ने प्रहरी प्रमुख बरालले बताए।