Connect with us
Kapilvast Forest

रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन दिने

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय छानबिन विशेष समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवार रहेको प्रतिवेदन पेश गरेको थियो ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेको छ ।कांग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १र२ दिनमा निर्देशन दिने भएको छ ।

खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिए । ‘पार्टीका उपल्लो तहका नेताहरुमा सहमति जस्तै बनिसकेको छ । सभापति शेरबहादुर देउवा पनि रामहरि खतिवडालाई समिति सभापतिबाट पदमुक्त गर्नुपर्ने पक्षमा देखिनु भएको छ,’ ती नेताले  भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu