Connect with us
Kapilvast Forest

नेपाली महिला युवा टोलीले उत्तर कोरियाको सामना गर्दै

२०८२, २६ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-

भुटानमा जारी एसीसी महिला अन्डर ट्वेन्टी एसियन कप छनोटमा नेपालले आज बलियो टोली उत्तर कोरियासँग खेल्दैछ। उत्तर कोरिया यू-२० एसियन कपको च्याम्पियन पनि हो। आजको खेलमा नेपालले जितको लक्ष्य लिएको छ। महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अन्तिम खेललाई ध्यानमा राखेर साउदी अरेबियाविरुद्धको शुक्रवारको खेलमा पाँच परिवर्तन गरेको बताएका छन्।

शुक्रवारको खेलमा उनले पाँच खेलाडीलाई सुरुआति ११ मा अवसर दिए पनि दोस्रो हाफमा उनीहरूलाई प्रतिस्थापन गरेका थिए।​ साउदी अरबविरुद्ध नेपालले एक शून्यको साँघुरो जित निकालेको थियो। एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको कारण नेपालले उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा आउनु पर्नेछ।  नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ।

खेल थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले दुई खेलबाट चार अंक बनाएको छ। पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। उत्तर कोरियाले भने साउदी अरबलाई १५–० र भुटानलाई १०–० गोलले हराएको थियो। समूह एमा रहेका भुटान र साउदी अरबको खेल पनि आजै हुँदैछ। दुई खेल खेलेको भुटानको एक अंक रहेको छ भने साउदी अरब अंकविहीन छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu