समाज कल्याण परिषद सदस्यमा चौधरीको मनोनयन
कपिलवस्तु — समाज कल्याण परिषद्, केन्द्रीय कार्यालय हरिहरभवन, ललितपुरले कपिलवस्तुका विनय प्रसाद चौधरीलाई राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य पदमा मनोनयन गरेको छ।
परिषद्को कार्य सञ्चालन समितिको २०८१ असार १९ गतेको निर्णयअनुसार, कोष स्थापना तथा सञ्चालन नियमावली २०७५ (संशोधनसहित) को नियम ३ बमोजिम विनय चौधरीलाई मनोनयन गरिएको जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष इर्फान खानले जानकारी दिनुभयो।
परिषद्का सदस्य सचिव मनोज भट्टको हस्ताक्षर रहेको पत्रमा विनय चौधरीलाई पूर्ण कार्यकालका लागि नियुक्त गरिएको उल्लेख गर्दै अध्यक्ष खानले उहाँको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।