रास्वपा महामन्त्री बुर्लाकोेटी र स्वयंसेवक संघ अध्यक्ष पौडेलबीच भेटघाट
कपिलवस्तु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोेटी र नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलबीच बुध्दभूमि नगरपालिका–५, गाेरूसिङ्गेमा समसामयिक विषयमा गहन छलफल भएको छ ।
भेटघाटका क्रममा अध्यक्ष पौडेलले देशलाई समुन्नत बनाउन सम्पूर्ण नेपालीको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई कार्यान्वयन गर्न सहकार्य, समन्वय र सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए। उनले सम्भावनाका बाटो पहिचान गर्दै त्यसलाई व्यवहारमा परिणत गर्न राजनीतिक दल, संघ–संस्था र नागरिक समाजबीच सहकार्य अपरिहार्य भएको बताए ।
सोही अवसरमा महामन्त्री बुर्लाकोेटीले नेपालको राजनीति र अर्थतन्त्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै उनीहरूलाई कसरी प्रभावकारी रूपमा संलग्न गराउन सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको जानकारी दिए ।
कार्यक्रममा सफल व्यवसायी, रास्वपाका केन्द्रीय सदस्य एवं जनवर्गीय संगठन प्रमुख मिर्जा रसिदसहित कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।