कांग्रेसको छलफलमा किसानका समस्या समाधानमा जोड
कपिलवस्तु — नेपाली कांग्रेस शिवराज नगर समितिको बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर सभापति मधु पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनाल विशेष अतिथि रहनु भएको थियो ।
बैठकमा हाल किसानहरूले झेल्दै आएको मलखाद अभाव, बिउको सहज आपूर्ति तथा कृषि क्षेत्रका चुनौतीबारे विस्तृत छलफल भएको नगर सभापती मधु पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले समयमा मलखाद र बिउ पाउनुपर्ने माग बैठकको प्रमुख विषय बनेको थियो ।
विशेष अतिथि खनालले किसानलाई आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउन सरकार र पार्टी दुवै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । बैठकमा उपस्थित नेताहरूले शिवराज नगरमा संगठनलाई थप सुदृढ पार्दै सदस्य विस्तार, वडा तथा नगर सम्मेलनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए ।
बैठकले हाल रिक्त रहेको नगर उपसभापतिको पदमा कांग्रेस नेता गुरुप्रसाद यादवलाई सर्वसम्मत मनोनयन गरेको छ ।
साथै आगामी दिनमा वडा सम्मेलन र नगर सम्मेलन गर्ने निर्णय पनि गरिएको नगर सचिव विष्णु पोख्रेलले जानकारी दिनुभयो ।फ
कार्यक्रममा जिल्ला सदस्य विनोद नेपाल, केशव पाण्डे, क्षेत्रीय सभापति गोविन्द केसी, क्षेत्रीय सचिव मेघराज रेग्मी, क्षेत्रीय सदस्य मोहन केसी, तारा पौडेल, साथै नेताहरू नारायण ज्ञवाली, खुमलाल सापकोटा, राजु खराल, अमर पौडेल, शंकर मल्ल, पदमध्वज थापा, लगायतको सक्रिय उपस्थिति रहेको थियो ।