Connect with us
Kapilvast Forest

भाकल पूरा भएपछि मर्चवारीमा भण्डारा

२०८२, ७ भाद्र शनिबारमा प्रकाशित

रुपन्देही– मर्चवारीका नेता ज्ञान प्रकाश मिश्रले मागेको भाकल पूरागर्दै मर्चवार क्षेत्रको इष्ट मर्चवारीदेवी मन्दिरमा धार्मिक भण्डारा (भोज) सम्पन्न गरेका छन ।

केही दिनअघिको खण्डेरीले स्थानीयवासी चिन्तित भइरहेका बेला नेता मिश्रले पानीपरेपछि देवीको आशीर्वाद स्वरूप भण्डारा गर्ने संकल्प लिएका थिए । त्यसैअनुसार भाकल पूरागर्दै उनले मर्चवारीदेबीको मन्दिर परिसरमा भण्डारा गरेको बताए ।

भण्डारामा मर्चवारी गाउँपालिकाका पूर्ब अध्यक्ष केशवनन्द बनिया, कोटहीमाइ गाउँपालिकाका पूर्ब अध्यक्ष चन्द्रभूषण यादव, नेपाली कांग्रेसका नेता अशुतोष मिश्र, सामाजिक अभियान्ता जगन्नाथ प्रसाद कुर्मी, बिभन्न वडाका वडाध्यक्षहरू र स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ज्ञान प्रकाश मिश्रले भाकल पूरा गर्न पाउँदा आफू धन्य भएको बताउँदै आगामी दिनमा पनि देवीको दर्शन र सेवा गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

त्यसैगरी नेता अशुतोष मिश्र र अभियन्ता कुर्मी लगायतले यसलाई धार्मिक आस्था मात्र नभई सामाजिक एकताको अवसरका रूपमा लिएको बताए ।
भण्डारामा उपस्थित भक्तजनहरूले प्रसाद ग्रहण गर्दै मर्चवारीदेवी प्रतिको आस्था व्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu