Connect with us
Kapilvast Forest

छलफलबाट सिमाना विवाद समाधान नगरेसम्म भारतसँगको सम्बन्ध प्रगाढ रहिरन सक्दैन : प्रचण्ड

२०८२, १२ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं-

पुर्वप्रधानमन्त्री तथा माओबादी केन्द्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सिमाना विवाद छलफलबाट समाधान नगरेसम्म छिमेकी देश भारतसँग सम्बन्ध दिगो रुपमा प्रगाढ हुन नसक्ने बताएका छन । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले सिमाना विवादको कुरा पहिलेदेखी नै उठेकाले प्रस्ट छलफल गरेर समाधान नगरेसम्म छिमेकी देश भारतसँगको सम्बन्ध प्रगाढ रहिरन नसक्ने बताएका हुन । उनले आफु प्रधानमन्त्री भएको बेला भारत भ्रमण्मा जाँदा सिमाना विवाद समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ट वर्ता गरेको र उनले पनि सिमाना विवाद समानगर्नका लागि वार्तामा  बस्ने प्रतिबद्धता जनाएको स्मरण गराए ।

पुर्वप्रधानमन्त्री प्रचण्डले भने ,‘ भारतसँगको सम्बन्ध दिगो रुपले प्रगाढ बनाउन आपसी वार्ताबाटै सिमाना विवाद समाधान गरिदिनुपर्छ सरकार यसवारे गम्भिर बनोस ।,’

पुर्व राष्ट्रपतिहरु राजनीतिमा आउनु कदापी नजाय होइन 

अध्यक्ष प्रचण्डले पुर्व राष्ट्रपति र उपराष्ट्रपतिहरु पद समाप्त भएपछि राजनीतिमा आउनु गलत नभएको र विश्वसामु धेरै उदाहरणहरु भएकोले नेपालमा पनि जायज हुने बताए । उनले अन्तराष्ट्रिय स्तरमा पुर्व राष्ट्रपतिहरु स्थानिय तहको मेयर सम्म भएका प्रशस्त नजिरहरु रहेको भन्दै नेपालमा पनि संबिधान , ऐन , कानुन केहीले पनि बाधा नहालेकोले राजनीतिमा आउनु समान्य हो भने । उनले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा आउनु जायज हो भन्दै प्रचण्डले भने , ‘उहाँलाई ओलीजीले नै सदस्यता पनि दिनुभएको र चीन भ्रमणमा पनि पठाउनु भएको हो तर पछिल्लो उहाँहरुको आन्तरिक विषयतिर म जान चाहन्न तर उहाँ राजनीतिमा आउनु विल्कुल गलत हैन ।’ , प्रचण्डले आफुले पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रृय राजनीतिमा ल्याएपछि एमालेमा फर्किन पुर्व राष्ट्रपति भण्डारीलाई पनि सहज भएको बताए ।

प्रभाकरलाई कारवाही गर्ने नगर्ने विषय पार्टीमा प्रवेश गरेकै छैन 
माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विधि र नीति विपरित चल्नेहरुलाई  नै स्वार्थ समुहरु हुन भन्दै यस्ता समुहबारे पार्टीमा बृहत्त छलफल भैसकेको बताए । पत्रकाहरुले सोधेको प्रश्न ‘तँपाईले मात्रै माओबादी पार्टी थाम्नु भएको हैन र सक्नुपनि हुन्न भन्ने उपमहासचिव जर्नादन शर्माले प्रस्ट भन्नुभयो नि ?’ भन्ने प्रश्नमा प्रचण्डले भने , ‘ एक जना प्रभाकारले नपत्याएर मात्र माओबादी आन्दोलन रोकिदैन यसैले यसलाई उत्तेजित बनाएर चर्काउने खालेका प्रश्नहरु नगरेकै राम्रको उहाँलाई कारवाही गर्ने नगर्ने भन्नेबावर पार्टीमा विषय प्रवेश गरेकै छैन । ’वर्तमान एमाले काँग्रेस गठबन्धनको सरकारले राम्रो काम गर्न नसक्दा जनतामा चरम निरासा बढेको बताउँदै प्रचण्डले समाजबादी मोर्चासँग वाम एकता गर्नेबारे छलफल भैरहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu