Connect with us
Kapilvast Forest

जेनजी आन्दोलन: गृहमन्त्री लेखकले दिए राजीनामा

२०८२, २३ भाद्र सोमबारमा प्रकाशित


२३ भदौ, काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंस दमनपछि राजीनामा दिन गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब बढेको थियो। पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्तत: उनी पद त्याग गर्न तयार भएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए। बैठकका एक सहभागीका अनुसार लेखकले दिनभरका घटनक्रमबारे बैठकलाई जानकारी गराए।

बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिए।

नेताहरूका सुझावअनुसार नै उनी मन्त्रिपरिषद् बैठक सकेर राजीनामा दिने बचन दिएर देउवानिवासबाट बाहिरए र प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागे।

जेनजीको प्रदर्शनमा मात्र नभई यसअघि गत वैशाख १५ गते राजावादीहरूले गरेको आन्दोलनमा समेत सुरक्षाको उचित व्यवस्थापन गर्न नसकेको, अत्यधिक बल प्रयोगका कारण जनधनको ठूलै क्षति पुगेको भन्दै लेखकलाई मार्ग प्रशस्त गर्न नेताहरूले सुझाव दिएका थिए ।

ती नेताले भने, ‘कर्फ्यु लागेको दुई घण्टासम्म सेना त्यस स्थानमा पुगेको रहेनछ। सरकारको अन्तर मन्त्रालय समन्वय भएको समेत देखिएन । उहाँमाथि नैतिक जिम्मेवारीको प्रश्न पनि उठ्यो । त्यसैले नेताहरूले मार्ग प्रशस्त गर्न सुझाव दिनुभयो।’

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अघि पार्टीभित्र छलफल नभएकोप्रति पनि नेताहरूले आपत्ति जनाएका थिए। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले समयमै फिर्ता लिएको भए यो अवस्था नआउने नेताहरूले बताएका थिए।

शीर्ष नेताको बैठकमा महामन्त्री थापाले २०४६ पछि भएका भ्रष्टचारका काण्डमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने बताएका थिए।

आजको घटनापछि कांग्रेसका नेता कार्यकताले सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टीमा बढाएका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकप्रति आक्रोश व्यक्त नेता कार्यकर्ताले गरेका छन्। नेता डा. शेखर कोइरालाले पनि वर्तमान सरकारको औचित्य आजबाट सकिएको बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu