Connect with us
Kapilvast Forest

पर्यटन व्यवसायी शर्माद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई २५ स्थान कुर्ची सहयाेग

२०८२, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । पर्यटन व्यवसायी एवम् समाजसेवी भविश्वर शर्माले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग गर्नुभएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका सरकारी कार्यालयहरु जलेर पूर्ण रुपमा क्षति भएको थियो ।

क्षतिपछि उक्त कार्यालय सञ्चालन गर्न फर्निचरलगायतका अत्यावश्यक सामाग्रीको अभाव भएपछि पर्यटन व्यवसायी शर्माले  प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेललाई २५ थान कुर्ची हस्तान्तरण गर्नुभयो ।

आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्ले भवनबाट शान्ति सुरक्षालगायतका सेवा प्रदान गर्न सकेको थिएन । यस्तो विषम परिस्थितीमा ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी शर्माले उक्त कुर्ची सहयोग गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा पर्यटन व्यवसायी शर्माले देशलाई परेको समस्यामा थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यले आफ्नो पहलकदमीमा अन्य पर्यटन व्यवसायी सहितको सहयोगमा कुर्ची हस्तान्तरण गर्दै सहयोग गने साथीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो




हाल बबरमलमै रहेको खाद्य तथा गुण नियन्त्रक विभागको भवनबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्ति सुरक्षालगायत नागरिकसँग जोडिने दैनिक सेवा प्रदान गर्न सुरु गरेको छ ।

यसअघि शर्माकै पहलमा भूकम्पको समयमा ठमेलको ढुंगेधारा पुर्ननिर्माण, कोरोनाको समयमा पर्यटन व्यवसायी तथा कर्मचारीलाई माक्स, सेनिटाइजर, कोरोनाको भ्याक्सिनलगायत उपलब्ध गराउनुभएको थियो ।

ठमेल पर्यटन व्यवसायी परिषद्को निवर्तमान अध्यक्ष शर्माकै पहलमा ठमेल क्षेत्रभित्र सिसि क्यामरा जडान, तार व्यवस्थापन, ठमेल गुरुयोजनालगायतका सकारात्मक काम भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu