इनड्राइभको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का
काठमाडाैं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ।
सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’सार्वजनिक गरेको छ।
क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडललाई प्रवर्द्धन गर्छ।
जसअन्तर्गत यात्रु र चालकबीच प्रत्यक्ष मोलमोलाई गर्न सकिनेछ। प्रयोगकर्ताले एपमार्फत आफ्नै भाडा प्रस्ताव गर्न र चालक रोज्न सक्ने सुविधा पाउनेछन्।
इनड्राइभका एसिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीका अनुसार यो क्याम्पेनले स्वतन्त्रता, समानता र समुदाय जस्ता मूल्यहरूलाई मूर्त रूप दिन्छ र स्वस्तिमा खड्का यसका लागि उपयुक्त प्रतिनिधि हुन्।
इनड्राइभ नेपालको कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले क्याम्पेनले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको कम्पनीको प्रतिबद्धता झल्काएको बताइन्।
अभिनेत्री स्वस्तिमा खड्काले इनड्राइभको ब्रान्ड एम्बासडर बन्न पाउँदा अत्यन्त उत्साहित रहेको बताइन्।
‘यात्रु र चालकबीचको परस्पर मोलमोलाई प्रणाली निष्पक्षता र सम्मानमा आधारित छ। जुन मेरो विश्वाससँग मेल खान्छ, इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।” उनले भनिन्।