फोर्थिङ तिहार भाइब अभियान सुरु
काठमाडौं। नेपालमा फोर्थिङ ब्रान्डको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रालिले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ।
यो विशेष अफर असोज २७ देखि कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोर्थिङ फ्राइडे’ अनुभव गर्न सक्नेछन्।
ग्राहकलाई यसको बुकिङमा आइफोन १७ प्रो पाउने अवसर मिल्ने छ। अफरअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाटको होम चार्जर, स्पेयर टायर र १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको कम्पनीको भनाइ छ।