Connect with us
Kapilvast Forest

दलाई लामाको काँधमा बन्दुक, खम्पा विद्रोह र वारदी अपरेसन

२०८२, २ कार्तिक शनिबारमा प्रकाशित


– केरसिंह अदै

गत भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनबारे देशभर व्यापक टीका–टिप्पणी भइरहेका छन्। आन्दोलनका पछिल्ला घटनाक्रमले विभिन्न रहस्यहरू उजागर गर्दै लगेका छन्। तीमध्ये एउटा रहस्य हो—आन्दोलनमा तिब्बती मूलका नागरिकहरूको संलग्नता। प्राप्त विवरणअनुसार उनीहरू पेस्तोल, खुकुरी, भाला बोकेर आन्दोलनमा अराजक गतिविधिमा संलग्न थिए। उनीहरूको शरीरमा “T.O.B” अर्थात् Tibetan Original Blood लेखिएको कालो टिसर्ट थियो। उनीहरूले “हामीलाई हाम्रो देश चाहियो” भन्दै नारासमेत दिएका थिए।
यस विषयलाई बुझ्नका लागि दलाई लामाको भूमिका, तिब्बत–चीन सम्बन्ध र त्यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न आवश्यक छ।

दलाई लामा चीनको धार्मिक उपाधि हो। त्यस्तै, पञ्चेन लामा पनि तिब्बती बौद्ध धर्मको महत्वपूर्ण धार्मिक पद हो। धार्मिक परम्परा अनुसार पञ्चेन लामाले नै नयाँ दलाई लामा चयन गर्छन्। सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न हुँदा तिब्बत स्वतन्त्र थियो। तर सन् १९५१ मा दलाई लामा र पञ्चेन लामाले चीनको केन्द्रीय सरकारसँग सम्झौता गरे। त्यसअनुसार दलाई लामा तिब्बतका स्थानीय सरकार प्रमुख र चीनको राष्ट्रिय जनकांग्रेसका उपाध्यक्ष बने भने पञ्चेन लामा स्थायी समिति सदस्य बने।

तर सन् १९५९ मा दलाई लामाले पश्चिमी शक्तिहरूको उक्साहटमा चीनविरुद्ध सशस्त्र विद्रोह गरे। भारतले त्यस विद्रोहलाई स्वागत गर्‍यो र त्यसयता दलाई लामा भारतमा बसेर “स्वतन्त्र तिब्बत” अभियान चलाइरहेका छन्।

तिब्बत चीनको नियन्त्रणमा गएपछि दलाई लामा समर्थक केही तिब्बती भूटान, भारत र नेपालको हिमाली क्षेत्रमा शरणार्थीका रूपमा पुगे। उनीहरूमध्ये केहीले “वा ङ्दी”को नेतृत्वमा छापामार युद्ध सञ्चालन गरे। ती छापामारहरूलाई पश्चिमी मुलुकहरूले हतियार र सहयोग उपलब्ध गराइरहेका थिए। यसै क्रममा नेपालका विभिन्न सीमा क्षेत्रहरूमा तिब्बती छापामारहरूले नेपाली सेना र प्रहरीमाथि आक्रमण, लुटपाट र आतंक मच्चाएका थिए। त्यसको नियन्त्रणका लागि नेपाली सेनाले “वा रदी अपरेसन” सञ्चालन गर्‍यो। वि.सं. २०२८ सालमा दार्चुलामा भएको भिडन्तमा तिब्बती कमाण्डर वा ङ्दी मारिए। त्यसपछि बाँकी छापामारहरू पक्राउ वा भाग्न बाध्य भए। यही घटनालाई खम्पा विद्रोह भनेर चिनिन्छ।

त्यसपछि नेपालले तिब्बती शरणार्थीहरूलाई सीमा क्षेत्रबाट हटाई काठमाडौं र पोखरा सार्ने नीति अपनायो र उनीहरूलाई निःशस्त्र पारियो।

हाल दलाई लामा भारतको निगरानीमा छन् र उनीमार्फत भारत र अमेरिका लगायतका पश्चिमी शक्तिहरूले चीनविरुद्ध रणनीतिक प्रयोग गरिरहेका छन्। अमेरिकाले “फ्री तिब्बत” अभियानका नाममा तिब्बती समुदायलाई सहयोग गर्दै आएको छ। सिआइए, बारबरा फाउन्डेसन, र “हामी नेपाल” नामक संस्था मार्फत चीनविरोधी माहोल बनाउने प्रयास भइरहेको छ। हालैको जेएनजी आन्दोलनमा तिब्बती मूलका नागरिकहरूको सक्रियता पनि त्यसैको संकेत हो।

अमेरिकाले चीनलाई घेर्न एमसीसी परियोजना ल्याएको हो भन्ने आरोप पनि उठेको छ। त्यस्तै, अमेरिकी प्रभाव विस्तारका लागि क्रिश्चियन मिशनरीहरूले नेपालमा चर्चहरूको सञ्जाल फैलाइरहेका छन्— हाल नेपालमा करिब १८०० चर्च रहेको तथ्य सार्वजनिक छ।

भारत पनि चीनको प्रभाव रोक्न नेपालमा सक्रिय छ। दलाई लामामार्फत उसले दुई उद्देश्य पुरा गर्न खोजिरहेको छ— पहिलो, चीनविरोधी प्रचार, दोस्रो, बुद्ध भारतमा जन्मेका हुन् भन्ने गलत धारणा फैलाउने। यसरी भारत र अमेरिका दुवैले नेपाललाई आफ्नो रणनीतिक मैदान बनाउने प्रयास गरिरहेका छन्।

चीनले पनि यस गतिविधिको प्रत्युत्तरस्वरूप लिम्पियाधुरा–लिपुलेक क्षेत्र नजिकै सैनिक संरचना बलियो बनाएको र सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको खबरहरू सार्वजनिक भएका छन्।

यदि नेपालले अहिले विवेकपूर्ण र सन्तुलित भूमिका खेल्न सकेन भने भविष्यमा गम्भीर परिणामहरू भोग्नुपर्नेछ। भारत र चीनबीचको सम्भावित द्वन्द्वको जोखिम नेपालले बेहोर्नु नपरोस् भनेका लागि साम्राज्यवादी चलखेल रोक्न, चीनविरोधी गतिविधि नियन्त्रण गर्न र राष्ट्रिय स्वाभिमान जोगाउन सबै देशभक्त नेपाली एक हुन आवश्यक छ।

राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षा—आजको प्रमुख आवश्यकता हो।
धन्यवाद।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu