Connect with us
Kapilvast Forest

ट्रमा सेन्टरमा घाइतेहरूलाई फलफूल वितरण

२०८२, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं — नेपाल स्वयंसेवक संघको सहयोग र जेन–वाईको आयोजनामा आज काठमाडौंस्थित ट्रमा सेन्टरमा Generation Z आन्दोलनमा घाइते भएका युवाहरूमाझ फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेल, संघका सदस्यहरू तथा जेन–वाईकी प्रतिनिधि सफलता बोघटी लगायतको उपस्थितिमा घाइते आठ जना युवाहरूसँग भेटघाट गरी उनीहरूलाई फलफूल वितरण गरिएको थियो।

भेटका क्रममा घाइते युवाहरूले आन्दोलनको क्रममा गोलीको पीडाले अहिलेसम्म पनि दुखाइ झेलिरहेका बताएका छन्। उनीहरूले भने, “हामीले लिएका चोट र रगतले यो आन्दोलनलाई बल दिएको छ। हाम्रो बलिदान व्यर्थ जानु हुँदैन। यो आन्दोलन हाम्रो पुस्ताको न्याय र भविष्यका लागि हो।”

जेन–वाईका प्रतिनिधिहरूले घाइतेहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै राज्यले आन्दोलनमा घाइते र सहिद परिवारको जिम्मेवारी लिनुपर्ने माग राखेका छन्। उनीहरूले भने, “यो आन्दोलन केवल सडकमा मात्र होइन, देशको आत्मसम्मानसँग जोडिएको छ। सरकारले आन्दोलनका सहिद र घाइते परिवारलाई तत्काल राहत र दीर्घकालीन सहयोगको व्यवस्था गर्नुपर्छ।”

नेपाल स्वयंसेवक संघका अध्यक्ष पौडेलले पनि घाइतेहरूप्रति ऐक्यबद्धता जनाउँदै भने, “हामी सहिद परिवार र घाइतेहरूसँग निरन्तर रहन्छौं। यो लडाइँ परिवर्तन र न्यायको हो, जुन अन्ततः जनताको पक्षमा हुनेछ।”

कार्यक्रमपछि जेन–वाई र स्वयंसेवक संघले अन्य अस्पतालहरूमा रहेका घाइतेहरूलाई पनि क्रमशः फलफूल वितरण गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu