Connect with us
Kapilvast Forest

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२, १७ कार्तिक आईतवारमा प्रकाशित

गुल्मी –

गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका(२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।दुर्घटनामा परेको मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट १५ मिटर तल खसेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu