Connect with us
Kapilvast Forest

सप्तरीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

२०८२, १७ कार्तिक आईतवारमा प्रकाशित

सप्तरी –

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। उनीहरुको हप्तादिनको फरकमा मृत्यु भएको हो।स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ। गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन्।

स्थानीयका अनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढिमा झाडापखालाको लक्षण देखिएको छ।जसमा बुचनकी ५ वर्षीया छोरी राधिका, शिवशंकर सदाकी१० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू तीन वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदालगायतमा झाडापखालाको लक्षण देखिएको छ।

घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म सक्रिय नदेखिएको स्थानीयको गुनासो छ।उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu