Connect with us
Kapilvast Forest

शिवराज अस्पतालले भन्यो-” हृदयाघातकी बिरामीलाई प्राथमिक उपचारपछि रेफर गरिएको हो”

२०८२, २५ कार्तिक सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ डबरा निवासी ८५ वर्षीया श्रीमती चन्द्रावती चौधरीलाई हृदयाघात (Heart Attack) का कारण शनिबार बिहान आपतकालीन स्वास्थ्य उपचारका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा ल्याइएको थियो ।

अस्पतालका अनुसार बिरामी चौधरीलाई बिहान १०:३० बजे अन्य स्थानमा उपचार भइरहेको अवस्थामा थप उपचारका लागि आपतकालीन विभागमा ल्याइएको हो । प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले उनलाई Myocardial Infarction (हृदयाघात) भएको पुष्टि गरेका थिए ।

अस्पतालमा तत्कालै आवश्यक प्राथमिक उपचारका रूपमा Aspirin 300 mg, Atorvastatin 80 mg र Clopidogrel 300 mg औषधि दिइएको थियो । त्यसपछि बिरामीलाई थप उपचारका लागि उच्च स्वास्थ्य संस्थानमा रेफर गरिएको अस्पतालले जनाएको छ ।

तर सो समयमा अस्पतालको फार्मेसीमा Nitroglycerin औषधि उपलब्ध नभएकाले, चिकित्सकहरूले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै अन्य विकल्प प्रयोग गरेर उपचार गरेका थिए । उपचारका क्रममा केही व्यक्तिबाट चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज तथा असहयोगजनक व्यवहार भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनले त्यस्तो व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, अस्पताल परिसरमा शान्त, सुरक्षित र मर्यादित वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षा, सम्मान र मनोबल कायम राख्न स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र सरोकारवालाको सहयोग अपेक्षा गरिएको छ ।

हाल बिरामी श्रीमती चौधरीलाई थप उपचारका लागि गौतम बुद्ध सामुदायिक अस्पताल (GBC), बुटवल रेफर गरिएको छ । शिवराज अस्पताल परिवारले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ ।

शिवराज अस्पताल प्रशासन शाखाले जनाएको छ कि अस्पतालले बिरामीको जीवन रक्षाका लागि सम्भव सबै प्रयास गरेको र भविष्यमा यस्ता आपतकालीन अवस्थाहरूमा थप तयारी र औषधि व्यवस्थापनलाई अझ सुदृढ बनाइनेछ।

— शिवराज अस्पताल, बहादुरगञ्ज, कपिलवस्तु

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu