Connect with us
Kapilvast Forest

अशोक यादवले दर्ता गराए नयाँपार्टी “जलोपा”, चुनाव चिह्न भैँसी

२०८२, २८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौँ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेका नेताहरूले जनता लोकतान्त्रिक पार्टी(जलोपा) दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सो पार्टी छाडेर आफ्नो अध्यक्षतामाजलोपा दर्ता गराएका छन् । पार्टी दर्ताका लागि उनले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

केही समय पहिले मात्र जसपा नेपाल छाडेका अमरेशनारायण झा सो पार्टीको संरक्षक रहेका छन् । २१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरू रहेको यादवले बताए ।

सुमित्रा चौधरी, निराकांर यादव, भगतराम चौधरी पनि जसपा नेपाल छाडेका नेताहरू हुन् । पार्टीको चुनाव चिह्न भैँसी प्रस्ताव गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu