Connect with us
Kapilvast Forest

प्रथम कपिलवस्तु व्यापार मेलाको तैयारी अन्तिम चरणमा, जिल्लामै पहिलोपटक जलपरी शो देखाईदै

२०८२, ४ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु
प्रथम कपिलवस्तु व्यापार मेला एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको महोत्सवको करिब ९५ प्रतिशत काम सम्पन्न भएको मेला मूल समारोह समिति संयोजक तथा उउद्योग ब्यापार संघ अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिनुभयो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक पौडेलले महोत्सवलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै “राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगीकरण र व्यापार विविधिकरण” भन्ने मूल नाराका साथ मेला मंसिर ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो।

विभिन्न चुनौतीका बाबजुद मेलालाई सफल बनाउन समन्वय, छलफल र सहकार्य मार्फत तयारी अघि बढाइएको बताउँदै पौडेलले यस पटक दर्शकले अन्य मेलाभन्दा फरक अनुभूति पाउने दाबी गर्नुभयो।

महोत्सव निर्देशक कृष्ण कुँवरले प्रथम कपिलवस्तु व्यापार मेलाले कृषि, पर्यटन र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने उल्लेख गर्दै स्थानीय उत्पादन र कलालाई प्रमुख रूपमा प्रदर्शन गरिने बताए।

मेलामा विद्यार्थीका लागि एक टिकटको मूल्य ५० रुपैयाँ तोकिएको छ भने सामान्य दर्शकका लागि १०० रुपैयाँ टिकट निर्धारण गरिएको छ। १०० रुपैयाँको टिकट काट्ने दर्शकले सोही मूल्य बराबरको ‘गाउँछाप सर्फ’ निःशुल्क प्राप्त गर्नेछन्।
दर्शकका लागि मेला क्षेत्रमा निःशुल्क कफी, बिस्कुट तथा स्वास्थ्य परीक्षणको लागि हेल्थ डेस्कको व्यवस्था गरिएको छ। साथै, फ्री वाइफाइ, दैनिक एक जनालाई लक्की ड्रमार्फत साइकल उपहारको ब्यवस्था गरिएको छ । मेला परिसरमा ८० जना स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ।

यस्तै दर्शकलाई नयाँ अनुभूति दिलाउनका लागि संघले सिंहदरबारको आकृतिमा सचिवालय निर्माण गरेको छ, जहाँ दर्शकले अवलोकन गर्न सक्नेछन्। साथै, जिल्लामै पहिलो पटक इन्डोनेसिया, फिलिपिन्सलगायतका देशबाट जलपरी प्रदर्शन गरिने तयारी गरिएको छ।
यसैगरी, बालउद्यान सहित ५० करोड रुपैयाँ बराबरको बीमा संरक्षण तथा व्यवस्थित पार्किङको व्यवस्था मिलाइएको छ।

स्थानीय कृषि उत्पादन प्रवर्द्धनका लागि २० वटा कृषि स्टल निःशुल्क प्रदान गरिएको छ भने होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मदिराजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको बताइएको छ।
मेला संरक्षक टोप नारायण बेल्वासेले कृषि उत्पादनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै कर्णाली क्षेत्रका ४० प्रकारका खाद्यान्न पनि प्रदर्शनमा राखिने जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुषालले मेला प्रचार–प्रसारमा मिडिया क्षेत्रदेखि पूर्ण सहयोग रहने बताउनुभयो।
त्यसैगरी, संघका संरक्षक तथा सल्लाहकार हुमनाथ पौडेलले मेलाले स्थानीय पर्यटन, उपभोक्तामुखी क्रियाकलाप, स्थानीय उत्पादनको बजार व्यवस्थापन, कृषि व्यवसायिकरण तथा आधुनिक प्रविधिको जानकारी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

महोत्सवको उद्घाटन भव्य रूपमा गरिने तयारी भए पनि कसले उद्घाटन गर्ने भन्ने बारे भने खुलाइएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu