Connect with us
Kapilvast Forest

सिद्धार्थ बाल विकास केन्द्रमा २६ खेलसहित दोस्रो मिनी ओलम्पिक संचालन

२०८२, २४ मंसिर मंगलवारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको सिद्धार्थ बाल विकास केन्द्रमा आयोजित ‘मिनी ओलम्पिक दोस्रो वार्षिक खेलकुद कार्यक्रम’ शुभारम्भ भएको छ।
कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुने केन्द्रका प्रधानाध्यापक सुरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो।

चौधरीका अनुसार यस वर्षको खेलकुद कार्यक्रममा २६ वटा खेल समावेश गरिएको छ। खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

अभिभावक , पत्रकार , शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सुरु भएको उक्त खेलकुद महोत्सवले विद्यालयमा उत्साह र प्रतिस्पर्धात्मक वातावरण बढाएको छ । विद्यालयले खेलकुद कार्यक्रमलाई आगामी वर्षहरूमा अझै व्यापक बनाउँदै लैजाने योजना रहेको प्रधानाध्यापक सुरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj