Connect with us
Kapilvast Forest

प्रतिनिधि सभामा शाहको नाम सिफारिस गर्न सभापती केसीको माग

२०८२, २५ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु–
नेपाली कांग्रेस कपिलवस्तुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर आन्तरिक विवाद चर्किएको छ ।
कपिलवस्तु क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिको बैठकले पूर्व लुम्बिनी प्रदेश मन्त्री बिरेन्द्र कनौडियालाई एकल नामका रूपमा सिफारिस गरेपछि कांग्रेसमा बिबाद चुलिएको हो ।

तीन पटक सम्म निर्वाचन जितेका पार्टीभित्र लोकप्रिय नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नाम सिफारिसमा नपरेपछि कांग्रेसभित्र दुई धारको मतभेद उत्पन्न भएको छ । कार्यकर्ताहरूको भावना विपरीत एकल नाम पठाइएको भन्दै नेताहरू आक्रोशित बनेका छन्।

सोही विषयलाई लिएर यता कपिलवस्तु क्षेत्र नं. ३(१) का सभापति गोबिन्द खत्रीले पनि विज्ञप्ति जारी गर्दै कनौडियाको एकल नाम सिफारिस गर्ने निर्णय विरुद्ध आपत्ति जनाएका छन्।

उनले अभिषेक शाहको नाम समेत सिफारिसमा समावेश गर्न कार्यसमितिलाई दवाब दिएका छन्।

नेपाली कांग्रेस कपिलवस्तुमा उम्मेदवार सिफारिससम्बन्धी विवादले पार्टीभित्र आन्तरिक बिबाद चुलिएको छ ।

यस विषयमा पूर्व सांसद अभिषेक प्रताप शाहले कडा प्रतिक्रिया व्यक्त दिंदै आफु जेन्जी आन्दोलन तथा हिन्दु–हिन्दुत्वका बारे खुलेर बोलेकै कारण जिल्लाका केही बुढा र हिन्दु विरोधी नेताहरुले आफ्नो नाम काटेको भन्दै सामाजिक संजालमा प्रतिक्रिया समेत दिएका छ्न ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj