Connect with us
Kapilvast Forest

दुर्गा भगवतीमा १ लाख १ हजारको अक्षयकोष स्थापना

२०८२, २७ मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका–३ नयाँवस्तीमा रहेको दुर्गा भगवती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । नयाँवस्तीका विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य स्वर्गीय घनश्याम भुसालको सातौँ वार्षिक पुण्यतिथिको अवसरमा उहाँको स्मृतिमा छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गरिएको छ ।

निवासी समाजसेवी तथा दुर्गा भगवती माध्यमिक विद्यालय नयाँवस्तीका विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य स्वर्गीय घनश्याम भुसालको सातौँ वार्षिक पुण्यतिथिको अवसरमा उहाँको स्मृतिमा छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गरिएको छ ।

स्वर्गीय भुसालकी श्रीमती जानकी भुसाल, छोराहरू कमल भुसाल, सरोज भुसाल, नारायण भुसाल तथा बुहारीहरू कल्पना भुसाल र दीक्षा भुसालले गरी–गरिब तथा जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ **रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ)**को अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ ।

उहाँहरूद्वारा स्थापना गरिएको उक्त अक्षयकोषबाट विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले बताएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु भुसाल, प्रधानाध्यापक गोविन्द प्रसाद बेल्वासे सहित सम्पूर्ण विद्यालय परिवारले भुसाल परिवारप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu