Connect with us
Kapilvast Forest

बालेन-रवि मिले, अब मिल्ने पालो प्रचण्ड-कुलमानको : गोकुल बाँस्कोटा

२०८२, १३ पुष आईतवारमा प्रकाशित

काठमाडौं –

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले रवि–बालेन मिलेकाले अब कुलमान र प्रचण्ड पनि मिल्ने बताएका छन्।आज बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि मिल्ने बताएका हुन्।

’रवि(बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो,’ आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘त्यो पनि होला झैँ लाग्छ।’
ऊर्जामन्त्रीसमेत रहेका उनेपाका संरक्षक कुलमानलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहान सात बुँदे सहमति गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu