Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२०८२, १४ पुष सोमबारमा प्रकाशित

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए।

यसअघि आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा अन्य एजेण्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो। केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको बताइएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने सोमबार अन्तिम दिन हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj