Connect with us
Kapilvast Forest

दशौँ चन्द्रौटा महोत्सवको दोस्रो दिन गायक कुलेन्द्र विश्वकर्मा आउदै

२०८२, १४ पुष सोमबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु
“कृषि, उद्योग, व्यापार र पर्यटनलाई प्रोत्साहन, आन्तरिक उत्पादन र स्वरोजगार हाम्रो अभियान” भन्ने मूल नारासहित दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक महोत्सव–२०८२ सुरु भएको छ ।
महोत्सवको दोस्रो दिन ख्यातीप्राप्त लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, भक्तिराम घिमिरे, विष्णु श्रीपाली लगायतका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने संस्कृतिक संयोजक नारायण भाटले बताउनुभयो। साथै महोत्सव अवधिभर स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक सामग्रीको प्रदर्शनी,जलपरी, व्यापारिक स्टल तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् ।

महोत्सवले स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय , स्वरोजगार सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सव चन्द्रौटा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj