Connect with us
Kapilvast Forest

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

२०८२, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौँ –

नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘केही प्राविधिक विषय मिलाउन पर्दा ढिलाइ भयो । मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझायौँ,’ प्रवक्ता महतले रातोपाटीसँग भने ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो ।सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए। तर, पछि सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउँदा ढिलाइ भएको प्रवक्ता डा महतले जानकारी दिए ।समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा राति बन्दसूची तयार भए पनि बिहानमात्रै बुझाइएको हो ।

आयोगले देउवाको डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल बन्दसूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए । देउवाले हस्ताक्षर गरेपछि लगेर बुझाइएको हो ।कांग्रसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन। कांग्रेसको सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जीको प्रतिनिधित्व रहेको बताएको छ। कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको हो।

कांग्रेसबाट समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे समेटिएका छन् । समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना कांग्रेसले राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu