Connect with us
Kapilvast Forest

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

२०८२, १८ पुष शुक्रबारमा प्रकाशित

गण्डकी –

सन् २०२५ मा दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण  दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख  रबीन कडरियाले  बताए। सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिएभने  सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj