पत्यायोजित ब्यस्थापन तथा सरकारी आस्वासन समितिले आज शिवराज नगरपालिका भित्र रहेको सोनोवागढ मन्दिरको अवलोकन गरेको छ ।समितिका समितिका सभापति तथा राष्ट्रिय सभा सदस्य राम नारायण बिडारी,समितिका सदस्य बलराम बास्कोटा,सदस्य नरपति सुनार,प्रदेश सभा सदस्य अर्जुन कुमार केपिस,शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी,विजयनगर गाउंपालिका अध्यक्ष गोपाल बहादुर थापा,शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारु,वडा न.१ का अध्यक्ष जगत बहादुर जिसि,वडा न.३ का अध्यक्ष टेकलाल सापकोटा,वडा न. ५ का अध्यक्ष अर्जुन पान्डेय नेकपा शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुन लगायतको टोलीले अवलोकन गरेको छ
वलोकन गर्दै पत्यायोजित ब्यस्थापन तथा सरकारी आस्वासन समितिका सभापति राम नारायण बिडारीले एतिहासिक धार्मीक सांस्कृतिक पुरातात्कि महत्वको ठाउं रहेको बताउंदै यस्लाई उत्खनन संरक्षण पुरातत्व बिभाग र पुरात्त्व सम्बन्धि काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले ध्यान पुराउन जरुरी देखिएको बताउनु भएको छ ।
सभापति बिडारीले संद्दिय संसद,प्रदेश सभा र स्थानिय तह लगायतका सबै सरकारमा यस्को संरक्षण र बिकासमा टेवा पुराउने बताउंदै संद्दिय सरकारलाई काम कार्वाही अंगाडी बढाउन आफुले पहल गर्ने समेत बताउनु भएको छ । पत्योजित ब्ष्यस्थापन तथा सरकारी आस्वासन समितिले राष्ट्रिय महत्वका दस्तावेज खोजीगर्ने क्रममा यस्ता ठाउं काहा छन पहिचान गरेर सरकारको ध्यान आर्कशण गर्ने बताउनु भएको छ ।
शिवराज नगरपालिकाको भवन निर्माण सन्दर्भमा बोल्दै समितिका सभापति बिडारीले बिकास निर्माणको कामलाई कसैले बाधा गर्न नहुनी बताउंदै स्थानिय सरकारले स्थानिय तहमा रहेको आफनो क्षेत्राधिकार भित्र रहेका सार्वजनिक अैलानी जग्द्दाको ब्यबस्थापन गर्ने र संरक्षण गर्ने जिम्मा रहेकाले सरकारको भवन निर्माण गर्न कसैले अवरोध गर्न नहुने बताउनु भएको छ ।
त्यस्तै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाको भवन निमाणमा सबैलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ । नगरपायिलकाको द्दर सेवा दिने अडडा् भएकाले सबैले निर्माण प्रक्रियामा सहयोग पुराउनस हुन अनुरोध गर्नु भएको छ ।